महिला प्रिन्सिपलद्वारा १२ मा पढ्ने छात्र बलात्कृत, यौनइच्छा मेट्न अचम्मको शर्त !

Posted on: 24 Aug, 2018
पिडितका अनुसार एक पटक उनले सम्वन्ध राख्न अश्विकार गरे तब महिला प्रिन्सिपलले स्‍कूलबाट उनको नामनै काटीदिईन र फेरी नाम राख्नको लागि आफुलाई शारीरिक सम्पर्क गर्नुपर्ने शर्त राखिन् |

भारतको पन्जाबस्थित पटियालामा गुरु-शिष्यको सम्बन्धबारे लाजामर्दो घटना सार्वजनिक भएको छ | यहाँ एक सरकारी इन्टर कलेजकी प्रिन्सिपलले आफ्नो स्कुलमा पढ्दै गरेका १२ कक्षाका छात्रसँग जबर्जस्ति शारीरिक सम्बन्ध बनाएकी थिइन् | छात्रको परिवारद्वारा घटनाको मुद्दा लगत्तै आरोपी प्रिन्सिपल फरार भएकी छन् | 

मीडिया रिपोर्ट्सका अनुसार, घटना राजपुरा क्षेत्रको एक गाउँको हो | पीडित छात्रले प्रहरीलाई बताए अनुसार स्कूलकि प्रिन्सिपलले उनलाई एकपटक आफ्नो घरमा बोलाएकी थिइन् | त्यहाँ उनले जबर्जस्ति छात्रसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारिन् | त्यसपछी प्राय ति छात्र महिला प्रिन्सिपलद्वारा पटक-पटक यौन हिंशाको सिकार बने | उनले छात्रलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्कि दिंदै सम्बन्ध बनाउँथिन् |

पीडितले बताए अनुसार पहिलो एकपटक महिला प्रिन्सिपलले सम्पर्क गर्न अस्विकार गरेपछि प्रिन्सिपलले उनको नाम स्‍कूलको रजिस्टारबाट हटाईदिएकी थिइन् र गरी नाम राख्नको लागि आफूसँग शारीरिक सम्बन्ध राख्नुपर्ने शर्त राखेकी थिइन् | महिला प्रिन्सिपलको धम्कि र डरका कारण घटना केहि समय गुप-चुप नै रह्यो | तर छात्रलाई परेको समस्याबारे उनको परिवारले थाहा पाएपछी ति महिला प्रिन्सिपल विरुद्ध छात्रको परिवारले उजुरी दिएका थिए | 

प्रहरीको साथै शिक्षा विभागले पनि घटनाको छानवीन गर्यो | घटना उजागर भएपछी प्रिन्सिपल फरार छिन् | उनले आफ्नो फोन समेत स्विच अफ गरेको प्रहरीले जनाएको छ | सर्किल एजुकेशन अफिसरका अनुसार पीडित छात्रको बयानको आधारमा त्यसको एक रिपोर्ट शिक्षा सचिवलाई समेत पठाइएको छ |

शिक्षा विभागले ति महिला प्रिन्सिपललाई उचित कारवाही गर्ने आश्वासन दिएपछी पीडित परिवारले प्रहरीलाई दिएको उजुरी फिर्ता लिएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!