दुर्घटनामा छोराको मृत्यु भएपछि बुबाले उसकै गर्लफ्रेन्डलाई पार्टनर बनाए

Posted on: 04 Sep, 2018

एजेन्सी | अमेरिकाकी काइली सूडर्स लामो समयदेखि प्रम पार्टीमा जानको लागि तयारी गर्दै थिइन् । अमेरिकामा प्रम पार्टीको चलन छ, जहाँ स्कूलका बच्चा आउँछन् र आफ्नो पार्टनरसँग डान्स गर्छन । 

त्यस पार्टीमा उनि आफ्नो ब्वाईफ्रेन्ड कार्टर ब्राउनसँग जाने तयारीमा निकै एक्साइटेड थिइन् । तर भाग्यमा अर्कै कुरा लेखेको रहेछ, प्रम पार्टीभन्दा केहि दिन अघि कार्टरको कार दुर्घटनामा मृत्यु भयो । त्यस घटनापछि १८ बर्षकि काइली बेहोस झैं बनिन, तर त्यसपछि जे भयो उक्त कुरा जानेर तपाइँलाई अचम्म लाग्न सक्छ । 

ब्वाईफ्रेन्डको मृत्यु पछि एक्लै बनेकी काइलीलाई ब्वाईफ्रेन्डकै बुबाले दिए साथ...

ब्वाईफ्रेन्ड कार्टरको मृत्यु भएपछी काइली पुरै निरास अवस्थामा थिइन् । उनले प्रम पार्टीमा नजाने निर्णय लिएर बसेकी थिइन् । जब यस कुरा ब्वाईफ्रेन्डका पिता रोबर्ट ब्राउनले थाहा पाए तब उनि भावुक बने । उनले निर्णय लिए कि उनि आफै अब काइलीको इच्छा पुरा गर्नेछन् ।

यसपछी ५० वर्षीय रोबर्ट आफ्नो छोराको गर्लफ्रेन्डको पार्टनर बनेर स्कूल पुगे, जसमा उनको इच्छा थियो कि आफ्नो छोरा र छोराको गर्लफ्रेन्डको इच्छा पुरा होस् । स्कुलको इभेन्टमा जानको लागि रोबर्ट आफैले स्कूलसँग अनुमति समेत मागेका थिए । रोबर्टले उक्त इभेंटमा पुगेर छोराको गर्लफ्रेंडको इच्छा पुरा गर्दै उनिसँग डान्स पनि गरे र रमाइला फोटोहरु पनि खिचाए । 


सामाजिक संजालमा कार्टरको कहानी भाइरल बनेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!