१४ बर्षमा मात्र एक रातको लागि फूल्छ यो फूल, क्यान्सरको उपचारमा फलदायी

Posted on: 07 Sep, 2018

सास | हिमालको काँखमा कस्ता-कस्ता अद्भुत फुल, जडिबुटी तथा जीवहरु हुन्छन भन्ने कुरा बारे हामीलाई कतिपय कुराहरु थाहा नहुन पनि सक्छ । हिमालमा पाइने एक यस्तो फूल पनि छ जो १४ बर्षमा  एक रातको लागि मात्र फुलेको देख्न पाइन्छ । अन्यथा यो फुल फूल कोपिला जस्तो स्वरूपमा मात्र देख्न पाइन्छ, जसको नाम हो ब्रह्मकमल । यो फूल तीन हजार मीटरको ऊंचाई भन्दा माथि फुल्छ । 

अचम्मको कुरा के छ भने राति फूल्ने यो फूल बिहान हुने बित्तिकै फुल्न बन्द हुन्छ । यसलाई हेर्न संसारभरीका मानिसले चाहन्छन। भारतको उत्तराखण्डले राज्य फूलको रुपमा समेत यो फूललाई लिएको छ । ब्रह्मकमललाई फरक फरक स्थानमा फरक-फरक नामले चिनिन्छ । जस्तो कि ब्रह्मकमल, दूधाफूल, गलगल र बरगनडटोगेस । 


यस्ता छन् ब्रह्मकमलसँग जोडिएको ५ खास कुरा  

१. निकै चिसो क्षेत्रमा पाइन्छ ब्रह्मकमल 

ब्रह्मकमल हिमाली भेगमा पाइन्छ । नेपालमै पनि ब्रह्मकमल पाइन्छ । धार्मिक तथायो  प्राचीन मान्यताअनुसार ब्रह्मकमललाई भगवान महादेवको प्रिय फूल मानिन्छ । यसको नाम उत्पत्तिका देवता ब्रह्माको नामबाट राखिएको हुनाले यो फूललाई निकै शुभ फूल मानिन्छ ।

२- चीनमा पनि फुल्छ, भंनिन्छ तानहुआयिझियान 

ब्रह्मकमल सुन्दर, सुगंधित र दिव्य फूल मानिन्छ । वनस्पति शास्त्रमा ब्रह्मकमलको ३१ प्रजाति छ भनिएको छ । चीनमा पनि ब्रह्म कमल फुल्छ जसलाई 'तानहुआयिझियान' भन्ने गरिन्छ, जसको अर्थ हो प्रभावशाली तर कमसमयको लागि मात्र । यसको वानस्पतिक नाम 'साउसुरिया ओबुवालाटा' हो । बर्षको मात्र जुलाई-सेप्टेम्बरको समयमा फुल्ने यो फूल मध्यरातमै फुलेर बन्द हुन्छ । ब्रह्मकमललाई सुकाएर क्यान्सर रोगको उपचारमा उपयोगी हुने हुँदा नेपालका हिमाली भेगका जडीबुटी ब्यापारीहरुले यो फुलबाट मनग्य पैसा समेत आर्जन गर्ने गरेका छन् ।

३. भारतको केदारनाथ धाममा ब्रह्म वाटिकामा पनि यसको रौनक छ 

भारतको केदारनाथमा प्रहरीले ब्रह्मवाटिका बनाएको छ, जहाँ पनि यो फूल फूलेको छ । खास कुरा के छ भने सम्भवतः मानिसले बनाएको पहिलो वाटिका यही हो जसमा ब्रह्मकमल फूलेको छ । केदारनाथ प्रहरीका अनुसार यस वाटिका तयार गर्न करिव तीन वर्ष लागेको थियो ।

४. औषधी गुण भएको कारण संरक्षित प्रजातिमा पर्छ 

यसको सुन्दरता र औषधीजन्य गुणको कारण पनि यसलाई संरक्षित प्रजातिमा राखिएको छ । क्यान्सर जस्तो खतरनाक रोगको उपचारमा ब्रह्मकमल प्रयोग गर्ने हुँदा पनि यसको महत्व बढेर गएको छ । यो पनि भनिन्छ, घरमा पनि ब्रह्मकमल राख्नाले कयौं दोष टाढा भाग्छ । घरको धन/जनको रक्षा हुन्छ । 

धार्मिक मान्यताको ब्रह्मकमलमा नकली ब्रह्मकमल पनि रहेको छ । केक्टसको फूल पनि रातको समयमा फूल्ने हुँदा त्यसैलाई असली ब्रह्मकमल मानेर पनि कतिपयले पुजा गर्ने गरेका छन् । तर असली फूल ३००० देखि ५००० मिटरको उचाईमा मात्र पाइने हुन्छ । एक तरिकाले भन्दा यो फूल त्यस्तो स्थानमा फूल्छ, जहाँ अन्य बोट-बिरुवा अत्याधिक चिसोको कारणले अस्तित्वमै रहँदैन । 

यो फूल नेपालको अलावा भारत, भूटान, म्यानमार, पाकिस्तान र चीनमा पनि पाइन्छ । 

५. महाभारतमा यो फूलको कथा 

महाभारतमा जब द्रौपदीले भीमसँग हिमालय क्षेत्रबाट ब्रह्म-कमल ल्याइदिन जिद्दी गरिन् तब भीम बदरीको आश्रममा पुगे । तर बदरीनाथ नपुग्दै तीन किलोमिटर अघिनै हनुमानले भीमलाई अघि जानबाट रोके । हनुमानजीले आफ्नो पुछारलाई भीमको बाटोमा फालेर बाटो रोकिदिएका थिए । जसलाई पन्छ्याएर अघि बढ्न भीमले सकेनन् । यही हनुमानले भीमको गर्वचुर गरेका थिए । पछी भीमले हनुमान जीसँग आज्ञा लिएर बदरीकाश्रम पुगी ब्रह्म-कमल लिएर द्रौपदी समक्ष पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!