चिहान बन्दै फेसबुक ! हरेक दिन ८ हजार प्रयोगकर्ताको मृत्यु

Posted on: 03 Oct, 2018

सोसल मिडिया साइटहरु चिहान बन्दै गैरहेका छन् । एक रिपोर्ट अनुसार आगामी ४० वर्षभित्रमा जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ ।

एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

अझ रोचक त के भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जिवित मानिसहरुको तुलनामा मृत्यु भैसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउन्ट किन डिलिट गरिँदैन त ?

हामीले देखेकै कुरा हो कुनै मृतकको फेसबुकको टाइमलाइनमा मृतकका शुभचिन्तक, साथीभाई आदिले यस्ता शव्दहरु लेखेका हुन्छन् मानौँ त्यो व्यक्तिले तत्कालै रिप्लाई देओस् । मरेको मानिसको टाइमलाइनमा जन्मदिन तथा कुनै विशेष दिनको शुभकामना मात्र होइन फ्रेण्ड रिक्वेस्ट समेत पठाउँछन् मानिसहरु ।

मरेका मानिसका सोसल मिडिया अकाउन्टहरु डिलिट नहुँदा डिजिटल चिहान खडा भैरहेको छ । तर यसको एउटा सकारात्मक पाटो पनि छ । त्यो के भने मृतकको सम्झना तथा विरासतलाई जोगाईराख्नका र नयाँ पुस्तालाई त्यस व्यक्तिको इतिहाससँग जोडिराख्नका लागि यो भन्दा उत्कृष्ट मञ्च अरु छैन ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!