ब्रा लगाउन अस्वीकार गर्दा एक युवतीको जागिर चट !

Posted on: 03 Oct, 2018

एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन् तर वेट्रेसको काम गरिरहेकी उनलाई यही कारण जागिरबाट निकालियो ।

२५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा सर्भ गर्दा ब्रा वा सर्टभित्र समिज लगाउनुपर्दथ्यो ।


ओसोयोस गोल्फ क्लबका जनरल म्यानेजर डोउ रोबले उक्त नयाँ नियम उनकै लागि बनाएको जानकारी दिए । अन्य सदस्यको वक्रदृष्टिबाट उनलाई बचाउनका लागि यस्तो नियम बनाइएको रोबले क्रिस्टिनालाई जनाए । क्रिस्टिनाले सिबीसीलाई भनिन्, ‘गोल्फ क्लबमा रक्सी मिसिएपछि के हुन्छ ? त्यो मलाई राम्रोसँग थाहा छ ।’

पुरुषलाई पहिरनको मामलामा कुनै नियम लागु नहुने तर महिलालाई चाँहि किन यस्तो नियम भन्दै यसले आफ्नो मानव अधिकार उल्लंघन गरेको बताउँदै कानूनी कारवाही अगाडि बढाएको जानकारी दिइन् ।

‘यो नियम लिङ्गमा आधारित छ त्यसकारण मैले मानव अधिकारसँग जोडेर मुद्दा दर्ता गरेकी छु,’ उनले भनिन् । ‘मेरो निप्पल छ, त्यो त पुरुषको पनि छ । तर किन भेदभाव ?’ उनले भनिन् । एजेन्सीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!