विश्वकै लामो पुल: के-के छन् यसका बिशेषता ?

Posted on: 24 Oct, 2018

कात्तिक ७, जुहाई (एजेन्सी) | चिनिया राष्ट्रपति सी चिनफिङले विश्वकै लामो सामुद्रिक पुल (मेगा ब्रिज) को उद्घाटन गरका छन् । ५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्नेछ । यो पुल बुधबारदेखि खुल्ला भएको छ । यस पुलले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि गर्ने तथा यात्रा सहज हुने आंकलन गरिएको छ ।

यस पुलको बिशेषता निम्नानुसार रहेको छ: 

पुलको कुल लागत खर्च: २० अर्ब अमेरिकी डलर

निर्माण समय: ९ वर्ष 

मजदुर: १४ हजार मजदुर र ३ सय जहाज परिचालित

क्षेमता: आठ रेक्टर स्केलको भूकम्प तथा सामुद्रिक आंधी समेत थेग्न सक्ने 

निर्माण सामग्री: ४ लाख टन स्टिलको प्रयोग 


यो पुल निर्माणमा र विगतमा चीनको जुहाई र हङकङबीचको यात्राका लागि ४ घण्टासम्म लाग्ने गरकोमा पुल निर्माणपछि ३० मिनेट मात्र लाग्नेछ । पुल पर्ल रिभर डेल्टा समुद्रमाथि ३० किलोमिटर छ भने समुद्रमुनि ६.७ किलोमिटर लामो सुरुङ बनाइएको छ । बाँकी भाग भने जमिनमा निर्माण गरिएको छ ।

५० वर्षसम्म स्वायत्त प्रशासन चलाउन स्वतन्त्र रहेका यी दुई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको सन्देश दिन चीनले यो पुल निर्माण गरको बताइएको छ । यो पुलमा गाडी चलाउन कोटा सिस्टममा आधारित प्रवेशाज्ञा अनिवार्य रूपमा लिनुपर्छ र सबै गाडीले कर तिनुपर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!