हेर्दाहेर्दै फ्लाइओभरको तारमा झुण्डिएका युवक यसरी भुईमा बजारिए...

Posted on: 02 Nov, 2018

कात्तिक १६, काठमाडौँ (एजेन्सी) | मुम्बइको क्राउफोर्ड मार्केटनजिक जेजे फ्लाइओभरमाथि करिब २० मिटर अर्थात ३ तल्लाजति उचाइमा रहेको तारमा दुवै हातले समातेर एकजना मान्छे झुण्डिरहेको देखियो । घटना बिहीबार अपराह्नको हो । 

ति युवक झुन्डिरहेको देखेर बटुवा तथा पसलेहरु ति युवाले कुनै स्टण्ट गर्दैछन भन्ने ठानेर हेरिमात्र रहे । तर वास्तविकता अर्कै थियो र त्यो थाहा पाउञ्जेल उसलाई सहयोग गर्न निकै ढिला भैसकेको थियो । हेर्दाहेर्दै ती व्यक्तिको हात फुस्कियो र उनी भुईंमा बजारिए ।


उनी ३८ वर्षीय जब्बर जावेद अशरफ थिए । भुईंमा बजारिँदा ति युवाको हात खुट्टा भाँचियो र उनलाई तत्कालै स्थानीय जीटी हस्पिटलमा भर्ना गरियो ।

अशरफले प्रहरीलाई आफू किन जेजे फ्लाइओभर पुलमा चढेँ भन्ने कुरा सम्झना नभएको बताए । उनको विस्तृत विवरण रेकर्ड गर्नस्वास्थ्यका हिसाबले उनी सबै कुराहरु सम्झेर भन्न सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ । उसको हर्कत देख्ने धेरै दर्शकहरुले उनी फ्लाइओभरमा अडेस लागेको देखि तारमा झुण्डिउञ्जेलसम्मको करिब एक मिनेटको थुप्रै बयान सुनाए ।

एक जना पसलेका अनुसार उनीहरुले ति युवकले स्टण्ट गर्न लागेको भन्ठाने । उनले भने - 'ऊ भुईंमा बजारिँदैछ भन्ने थाहा पाएको भए हामी कपडा वा जाली लिएर तल बस्थ्यौं ।’


प्रहरीका डेपुटि कमिश्नर ज्ञानेश्वर चवनले भने,‘ उसले हामीलाई आफू किन फ्लाइओभरमा चढेको र हामफालेको भन्ने सम्झिन नसकोको बताए ।’ जीटी हस्पिटलका ड्युटीमा खटिएका डाक्टरका अनुसार प्रारम्भिक जाँच अनुसार ती व्यक्ति विगतमा लागुऔषध दुव्र्यसनी रहेको देखिएको छ । उनको दुइ ठाउँमा हड्डी भाँचिएको भए पनि टाउकोमा कुनै चोट लागेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!