एक युवती जसले नाइटो काटेर प्रेमीलाई उपहार दिईन !

Posted on: 03 Nov, 2018

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् ।

२३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ ।


ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै हटाएकी छिन् ।

प्रेमीलाई प्रेमको प्रतिकको रुपमा नाइटो वीहिन पेट उपहार दिने उनको त्यो दुस्साहसलाई धेरैले अनौठो माने ।

तर विडम्बना प्रेमीका लागि नाइटो नै फ्याँक्ने ती युवतीको उनका प्रेमीसँग ब्रेकअप भैसकेको छ ।

मेक्सिकोको गुआडालाजारा क्षेत्रमा बस्ने ती युवतीको नाम पालिना क्यासिलास लेन्डरोस हो । उनले झण्डै तिन वर्षअघि आफ्नो नाइटो नै काटेकी रहेछिन् । परिवारको विरोधका बाबजुत जिउका धेरै ठाउँमा टाटु खेपेकी तथा जिब्रो छेडेकी उनले प्रेमीका लागि नाइटो काटिन् । उनले ब्यायफ्रेण्डकै अनुरोधमा त्यसो गरेकी थिइन् । तर समय क्रमसँगै उनको प्रेमीसँगको सम्बन्ध बिग्रियो र ब्रेकअप भयो ।

नाइटो फ्याँक्ने अपरेशन निकै खतरनाक थियो । पछि संक्रमण भएर उनको झण्डै ज्यान गएन । अहिले बल्ल उनले आफ्नो गल्तीको महसूस गरेकी छिन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!