छोराले गिफ्ट दिएको मोबाइलबाट लभ गरी आमा पोइल गएपछि…

Posted on: 05 Nov, 2018

कहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् ।

भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ ।

उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् ।

ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ ।

तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका रहेछन् । छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन् । तिन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरुबीच प्रेम भयो । ५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन् ।

गत सोमबार मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए । पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो । ५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ ।

ती युवक र महिलाको खोजी भैरहेको छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!