यस्तो छ विश्वकै ठूलो एयरपोर्ट, हरेक बर्ष ९ करोड मानिसले यात्रा गर्न सक्छन (तश्वीरहरु)

Posted on: 10 Nov, 2018

सास | टर्कीको Istanbul मा संसारकै सबैभन्दा ठूलो एयरपोर्ट बनाइएको छ, जहाँ हरेक बर्ष ९ करोड मानिसले यात्रा गर्न सक्नेछन् | एयरपोर्टको उद्धघाटन २९ अक्टोबर (टर्कीको गणतन्त्र दिवस) मा राष्ट्रपति रेचप त्याप आर्दोआनले गरे | 


यो एयरपोर्ट १९ हजार एकड जमिनमा फैलिएको छ र २५० एयरलाइन्स ३५० भन्दा बढी स्थानमा उडान भर्न सक्छन | यस एयरपोर्ट निकै हाइटेक प्रविधि प्रयोग गरेर बनाइएको छ | यस एयरपोर्टमा आर्टिफीशियल इन्टेलिजेन्सको मद्दतबाट यात्रुहरुलाई सुविधा दिईनेछ | यो एयरपोर्ट बनाउन १० बर्षको समय लागेको थियो | 


यस एयरपोर्ट बनाउने क्रममा निकै बिबाद समेत सृजना भए | यो एयरपोर्ट बनाउने क्रममा ३० कामदारको मृत्यु समेत भएको थियो | यो एयरपोर्ट एटीसी ट्यूलिप डिजाइनमा तयार गरिएको हो | यसको नाम न्यू इस्तानबुल एयरपोर्ट हो | यसको उद्धघाटनमा १८ देशका ५० नेता गोल्फ कार्टमा यात्रा गर्दै टर्की पुगेका थिए | अझ अर्को महत्वपूर्ण कुरा के छ भने टर्कीका राष्ट्रपति त्यायप एर्दोगनले आफै गोल्फ कोर्ट चलाएका थिए | 


यस एयरपोर्ट निर्माणको लागि ३५ हजारभन्दा बढी कामदार र ३ हजार इन्जीनियरहरुले योगदान गरेका थिए | यस एयरपोर्टको भव्य उद्धघाटन भने २९ डिसेम्बरमा गरिनेछ | यो एयरपोर्टमा सन् २०२८ सम्म २० करोड मानिसले यात्रा गर्न सक्नेछन् | हाल संसारकै व्यस्त मानिने एयरपोर्ट एटलान्टा एयरपोर्टमा १० करोड भन्दा बढी मानिसले यात्रा गर्छन |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!