धेरै बोलेको भन्दै श्रीमानले श्रीमतीको जिब्रो नै काटिदिएपछि...

Posted on: 21 Nov, 2018

भारतको उत्तर प्रदेशको कानपुरस्थित बर्रा क्षेत्रमा एकजना पुरुषले आफ्नी पत्नीको जिब्रो नै काटिदिएका छन् ।

पत्नी धेरै बोलेको अर्थात् पत्नीको जिब्रो कैँचीझैँ चलेको आरोपमा उनले जिब्रो नै काटिदिएका हुन् ।

पत्नीको जिब्रो काटिदिने युवकको नाम आकाश हो । गत वर्ष वन्दना नामकी युवतीसँग उनले लाखौं खर्च गरेर बिहे गरेका थिए । बिहेपछि उनले पत्नीलाई पटक–पटक दाइजोको निहुँमा प्रताडना दिने गरेको र टाउको फुट्नेगरी कुट्ने गरेका थिए ।

गत नोभेमबर ६ मा दीपावलीको एक दिनअघि उनले पत्नीलाई जबरजस्ती नशालु पदार्थ खुवाए अनि लठ्याएर जिब्रो काटिदिए । पीडित वन्दनाको छिमेकीहरुले उद्दार गरेका थिए ।

पीडक लोग्नेलाई प्रहरीले गिरफ्तार गरेको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!