छोरी बलात्कार गर्ने बाबुले जब जेलभित्रै दाह्री काट्ने ब्लेडले आफ्नो लिंग काटे !

Posted on: 22 Nov, 2018

बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् ।

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।

कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका थिए । उनलाई अस्पतालमा भर्ना गरी उपचार गराइँदैछ । उनको छिनेको लिंग जोड्न डाक्टरहरु सफल भएका छन् ।

गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेपछि उनी जेलमा छन् । यद्यपि, उनले आफूमाथि लागेको आरोप स्वीकारेका छैनन् ।

उनलाई अदालतले जमानतमा छाड्ने आदेश दिएको थियो । तर, जमानतको शर्त पूरा गर्न नसक्दा उनी जेलमुक्त हुन सकेका छैनन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!