जब धोकाबाट आक्रोसित भएकी युवतीले प्रेमीको हत्या गरि शवलाई काटेर मासु पकाइन् !

Posted on: 24 Nov, 2018

दुनियाँमा कतिसम्म निर्दयी तथा क्रूर मानिसहरु समेत छन् भन्ने उदाहरण एक युवतीले पेस गरेकी छन् ।

प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरुलाई खुवाइन् ।

खलीज टाइम्सको रिपोर्ट अनुसार यो घटना मोरक्कोको हो । ३० वर्षीया ती महिला ३ वर्षदेखि एकजना युवकसँग प्रेम सम्बन्धमा थिइन् । जब प्रेमीले अर्को महिलासँग बिहे गर्न लागेको उनलाई जानकारी दिए, तब उनी क्रुद्ध बनिन् ।

प्रेमीको धोकाबाट आक्रोसित उनले हत्या गरिन् । अनि मृतकको शवलाई काटेर मासु पकाइन् । त्यसरी पकाएको मासु उनले पाकिस्तानी श्रमिकहरुलाई खुवाइन् । बाँकी रहेको मासु कुकुरलाई खुवाइन् ।

घटना केही महिनाअघि हो । तर, यसको खुलासा भने केही ढिलो गरी भएको समाचारमा उल्लेख छ । मृतकका भाइ दाजुको खोजी गर्न भन्दै ती युवतीको घरभित्र छिरेको बेला मानिसको दाँत देखेपछि घटनाको पोल खुलेको हो । सुरुमा युवतीले भूपू प्रेमीबारे थाहा नभएको बताइन् । तर, मृतकका भाइले उनको कुरा पत्याएनन् र प्रहरीमा नालिस दिए । प्रहरीले केरकार गरेपछि उनले आफ्नो अपराध स्वीकारिन् । डीएनए परीक्षणबाट समेत उक्त दाँत उनकै भूपू प्रेमीको रहेको प्रमाणित भयो ।

एकजना साथीको सहयोगमा आफुले ब्वायफ्रेण्डको हत्या गरेको बयान ती युवतीले प्रहरीसमक्ष दिएकी छन् । वयानका क्रममा प्रेमीको मासु मजदुर र कुकुरलाई खुवाएको समेत उनले स्वीकारेकी छन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!