जब हराएको पर्स केहि दिनपछि थप पैसा र चिठ्ठीसहित भेटियो !

Posted on: 29 Nov, 2018

तपाइँ पत्याउनुहुन्छ ? हराएको पर्स कसैले फिर्ता गर्ला त्यो पनि डबल पैसा थपिदिएर ! तर अमेरिकामा यस्तै घटना घटेको छ | अमेरिकाको ओमाहामा बस्ने २० वर्षे हन्टर शैमत्त केही दिनअघि लस भेगस पुग्दा उनको पर्स हरायो । पर्समा ६० डलर, चार सय डलरको पे–चेक, बैंक कार्ड र परिचय पत्र थियो । केही दिनपछि हन्टरले आफ्नो पर्स डाकमार्फत पाए । पर्समा सय डलर थियो । पर्स फिर्ता गर्नेले एउटा पत्र पनि पठाए जसमा लेखिएको थियो, ‘पर्स भेटिएको खुसीमा मोज गर ।’


दिदीको विवाहकै लागि ओमाहाबाट लस भेगस पुगेका हन्टर पर्स हराएपछि विवाहको तयारीसमेत गर्न पाएनन् । 

दिदीको विवाहपछि नोभेम्बर ११ तारिखमा हन्टर आफ्ना आमाबुवासहित ओमाहा फिर्ता हुन एयरपोर्ट पुगे ।

उनकी आमालाई छोराको परिचय पत्र नभएका कारण विमानमा यात्रा गर्न दिने हो कि होइन भन्ने चिन्ता थियो ।

अन्त्यमा एक घण्टाको अन्तर्वार्तापछि उनलाई विमानमा यात्राको लागि अनुमती दिइयो ।

त्यसको भोलिपल्ट एउटा पार्सल उनको घरमा आइपुग्यो । उक्त पार्सल ओहामा नै बस्ने टोड ब्राउनले पठाएका थिए । हन्टरले पर्स खोलेर हेर्दा त्यसमा ६० को साटो सय डलर भेटे जबकी अन्य सामान जस्ताको तस्तै थिए । पर्समा एउटा पत्र पनि थियो ।

पत्रमा लेखिएको थियो, ‘हन्टर, मैले तिम्रो पर्स ओशामाबाट डेनवर जाँदै गरेको फ्रन्टियर फ्लाइटमा १२ नम्बरको लाइनको एक सिटमा भेटेको थिएँ । तिम्रो पर्स सिट र विमानको भित्ताको बीचमा फसेको थियो । यो तिमीलाई फिर्ता चाहेको मैले सोचें ।


पत्रको अन्त्यमा लेखिएको थियो, ‘मैले तिम्रो रकम सय बनाइदिएको छु ता कि पर्स फिर्ता पाएकोमा खुसी मनाउन सकियोस् । मोज गर ।’

हराएको पर्स हातमा पाएकोमा विश्वास नै गर्न नसकेको हन्टर सम्झिन्छन् । उनले टोड ब्राउनलाई धन्यवादसहित पत्र लेखे ।

‘सर, मैले तपाईंलाई जतिपटक धन्यवाद दिएपनि त्यो अपुग छ । तपाईंले जुन मेरो लागि गर्नुभयो, यस्तो घटनाबारे कहिले पनि सुनेको थिइनँ । मैले र मेरो परिवारले जीवनभरी यस्तो उदारता अनुभव गरेका थिएनौं । मैले कहिले पनि मेरो पर्स फिर्ता होला भनेर सोचेको थिइनँ त्यो पनि ४० डलर बढेर आउला भनेर त कल्पनै गरेको थिइनँ । मुरी मुरी धन्यवाद ।’

हन्टरकी आमाका अनुसार उनले तीनपटक पैसा गनेका थिए ।

ब्राउनले आफ्नो अन्तर्वार्ता प्रस्तावको जवाफ नदिएको वासिङ्टन पोस्टले बताएको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!