UAE का प्रधानमन्त्रीले यसरी पुरा गरे एक बालिकाको सपना

Posted on: 06 Dec, 2018

एजेन्सीको सहयोगमा | UAE का प्रधानमन्त्री र एक बालिकाको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ | मानिसहरुले उक्त भिडियोलिई निकै रुचाएका छन् | 

सामाजिक संजालमा उक्त भिडियो धेरैले सेयर पनि गरेका छन् | यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रशिदले एक बालिकाको सपना पुरा गर्ने क्रममा उक्त भिडियो सेयर गरेका थिए | 

२ डिसेम्बरको दिन यूएईमा राष्ट्रिय दिवस मनाउने गरिन्छ | यसै अवसरमा मानिसको मोबाइल फोनमा 1971 फोन नम्बरबाट फोन आईरहेको थियो | 


जसमा प्रधानमन्त्रीको आवाजमा प्री-रेकर्डेड संदेश सुन्न सकिन्थ्यो | यसै अवसरमा प्रधानमन्त्रीले एक बच्चाको भिडियो प्रतिक्रिया देखे जसमा उनि रोईरहेकी थिइन् | रुनुको कारण प्रधानमन्त्रीसंग कुरा हुन नसकेको थियो | उनि रिसाएकी थिइन्, किनकी उनले प्रधानमन्त्रीलाई भेट्ने अवसर पाएकी थिइनन् | 


प्रधानमन्त्रीले बालिकाको भिडियो र आफूलाई भेट्ने इच्छा गरेको देखेर तुरुन्त ति बालिकासँग मिल्ने चाहना व्यक्त गरे | त्यसपछि ति बालिकालाई भेट्न प्रधानमन्त्री गए र उनलाई भेटेर उनको सपना मात्र पुरा गरेनन् ति बालिकासँग कुराकानी पनि गरे | बालिकाको नाम सलामा-अल-खाहतनी हो | बालिका भेटेपछि प्रधानमन्त्रीले इन्स्टाग्राममा भिडियो शेयर गरे |


बालिकासँग भेटेर प्रधानमन्त्रीले भने- 'तिमी मेरी छोरी हो, भगवानले तिमीलाई सुरक्षित राखोस् | अब तिमीले सबैलाई भन्न सक्छौ कि तिमीले मलाइ भेटेकी थियौं |' यति भनेर प्रधानमन्त्रीले बालिकाको गालामा किस पनि गरेका थिए |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!