जब घरमा छाडेर गएको कुकुर ९ दिनसम्म हिँडेर मालिकलाई टोक्न पुग्यो !

Posted on: 12 Dec, 2018

अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन ।

एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो ।

अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका लागि ९ दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई भावुक बनाउँदछ ।

सेंटियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष बिदा मनाउनका लागि अल्बयुक्रेन जाने गर्दथे । योपटक पनि उनी बिदा मनाउन गए तर उनले कुकुरलाई आफूसँग नलगी घरमै छाडे ।

मार्टिनेजलाई यो कुराको कल्पना थिएन कि घरमा छाडेको उनको कुकुर उनलाई खोज्दै समुद्र किनारामा उनले बिदा मनाइरहेको ठाउँमा आउनेछ । अन्ततः ९ दिनपछि आफ्नो कुकुरलाई एक्कासि आफूले बिदा मनाइरहेको ठाउँमा आएको देखेपछि उनी झसंग भए ।

आफूलाई खोज्दै आएको कुकुर देख्दा उनलाई निकै माया लाग्यो र अंकमाल गरे । तर, कुकुर निकै रिसाएको रहेछ । उसले मार्टिनेजलाई टोकिदियो ।

कुकुरले टोकेपछि मार्टिनेज रुन थाले । त्यसपछि कुकुरले मार्टिनेजको चारैतर्फ घुम्दै उनलाई चाट्न थाल्यो । त्यो दृश्य निकै कारुणिक थियो ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!