एशियाकै धनि व्यक्ति अम्बानीको ड्राइभरको तलब २ लाख भारु, ड्राइभर बन्नुअघि यस्तो परीक्षा !

Posted on: 21 Dec, 2018

एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । उनी धनि भएकै कारण धेरैको चासोको विषयमा पर्छन् । 

उनको जीवनशैली, आलिसान घर र परिवारका बारेमा जान्न धेरै उत्सुक हुन्छन् । 


उनको घरको बारेमा पनि निकै चर्चा गरिन्छ । घरमै हेलीप्याड भएको, प्राकृतिक तापक्रमको व्यवस्था भएको, ५ सय भन्दा बढी गाडी भएको, र घरमा उपलब्ध सुख र सुविधाको कारण उनको घरलाई स्वर्ग भन्ने गरिन्छ ।

अम्बानीको पारिवारिक मामिलासँगसँगै उनको घरमा काम गर्ने कर्मचारीको जीवन पनि उत्तिकै चर्चामा आइरहन्छ ।  सामाजिक सञ्जालमा भेटिएको एउटा भिडियोमा उनका ड्राइभरको बारेमा बताइएको छ । जसमा कसरी मुकेश अम्बानी आफ्नो ड्राइभर कसरी चुन्छन त ? भन्ने कुरा पनि उल्लेख गरिएको छ । 

भिडियोमा भनिएको छ कि मुकेश अम्बानीको घरमा नोकर बन्नको लागि मात्र होइन ड्राइभर बन्नको लागि पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । जसको लागि विभिन्न परिक्षण गरिने र उनको ड्राइभर बन्नको लागि नीजि कम्पनीलाई ठेक्का दिने गरिन्छ । 

उक्त कम्पनीले ड्राइभरको पूर्ण प्रशिक्षण गर्ने र उनीहरुलाई पूर्ण सुसुचित पनि गरिन्छ । त्यसैगरी कुनै समस्या आइपरेको खण्डमा त्यसको सामना कसरी गर्नेत ? भन्ने जस्ता परिक्षण दिइन्छ । ड्राइभरले कसरी समस्या हल गर्ने ? जस्ता विभिन्न प्रकारका परिक्षण दिइन्छ । भने  उनीहरुलाई २ लाख भारतीय रुपैँया तलब दिने गरिएको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!