धुम्रपान गर्दा बार्षिक डेढ खर्ब घाटा

Posted on: 29 Dec, 2018

जनताले चुरोट बिँडी पिउँदा देशलाई कति घाटा लाग्ला ? हामीकहाँ त यसको लेखाजोखा भएको छ कि छैन थाहा छैन । तर भारतमा चाहीँ बिँडी पिउनाले वार्षिक ८० अर्ब भारुको नोक्सान हुने गरेको रहेछ ।

टोबाको कन्ट्रोल जर्नलमा प्रकाशित शोध अनुसार बिँडीका कारण भारतीय अर्थतन्त्रमा वार्षिक डेढ खर्ब नेपाली रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

बिँडीबाट हुने नोक्सानी भारतमा स्वास्थ्यमा हुने कूल खर्चको दुई प्रतिशत बराबरको रकम भएको बताइएको छ ।

बिँडीपानका कारण स्वास्थ्य समस्या उत्पन्न भएका बिरामीको जाँच, उपचार, औषधि, डाक्टरको शुल्क, अस्पताल तथा परिवहनमा हुने खर्चका साथै अप्रत्यक्ष रुपमा नातागोता तथा परिवारको आयमा हुने नोक्सानीको कूल हिसाब गर्दा वाषिर्क ८० अर्ब भारु खर्च हुने आँकलन गरिएको हो ।

भारतमा १५ वर्षमाथिका झण्डै ७ करोड २० लाख मानिसले बिँडी पिउँछन् । सन्२०१६/१७ मा बिँडीबाट सरकारलाई ४ अर्ब १७ करोड राजश्व प्राप्त भएको थियो ।

तर बिँडी सेवनका कारण उत्पन्न हुने स्वास्थ्य समस्या तथा त्यसको उपचारमा हुने भयानक खर्चंबाट भारतका हरेक पाँचमा एउटा परिवार प्रभावित छन् । बिँडी तथा सुर्तिजन्य पदार्थका कारण हुने नोक्सानीका कारण करीब डेढ करोड मानिसहरु गरिबीको रेखामुनि धकेलिने गरेको रिपोर्टले देखाएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!