जब एक युवक प्रेमिकाले आफ्नो मुटु चोरेको भन्दै प्रहरीमा उजुरी गर्न पुगे !

Posted on: 12 Jan, 2019

भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे ।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो ।

एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेशन पुगेका थिए ।

एक पुलिस अधिकारीले यो घटनालाई कसरी सल्टाउने भन्दै माथिल्लो तहको सल्लाह लिनुपरेको बताए । 

पुलिसका वरिष्ठ अधिकारीले यसबारे ती युवकसँग अनौपचारिक कुराकानी गरेको र उनलाई भारतीय कानूनमा यस्ता समस्यालाई सम्बोधन गर्न कुनै धारा नभएको भन्दै सम्झाए ।

अन्त्यमा, त्यहाँका पुलिस अधिकारीले ती युवकलाई आफूहरुले उनको समस्या समाधान गर्न नसक्ने बताउँदै फर्काए ।

यो अचम्मको घटना नागपुरका पुलिस कमिश्नर भुषण कुमार उपाध्यायले गत हप्ता एक कार्यक्रमका बेला साझा गरेका थिए । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!