जब अस्पतालका नर्सहरु एकैपटक सुत्केरी भए !

Posted on: 18 Jan, 2019

अमेरिकाको इलिनोइसस्थित एक अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी भएका छन् । ती सबै नर्सहरुले एकसाथ बच्चा जन्माएपछि उनीहरुले बच्चाका साथ एकसाथ फोटोशूट गराएका छन् ।

सोसल मिडियामा यो फोटो हाल चर्चित बनेको छ । अस्पतालको प्रसूति विभागमा काम गर्ने ७ जना नर्सहरुले वास्तवमा एकसाथ गर्भवती हुने फैसला गरेका थिए ।


फोटोमा नर्सहरुले आफ्नो पोषाकको पछाडि नम्बर पनि लेखेका छन् । त्यो नम्बरले बच्चाको जन्मको क्रम देखाउँदछ ।

बच्चाहरुको जन्म अगष्ट देखि नोभेम्बर सम्ममा भएको छ । दुईजना नर्सले आफ्नो बच्चाको नाम एउटै अर्थात् चार्लोट राखेका छन् ।

यसअघि एन्डर्सन अस्पतालका नर्सहरुले गर्भावस्थाको बेला पनि फोटोशूट पनि गराएका थिए । सात मध्ये चारजनाले छोरी जन्माए र तीन जनाले छोरा जन्माए । करीब ४ महिनाको भित्रमा ती सबै नर्स गर्भवती भएका थिए ।

अस्पतालले पनि बच्चा सहितका नर्स आमाको तस्वीर पोष्ट गरेको छ ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!