नर्सको त्यो मेसेज ... जसले बिरामी नै भए बेहोस !

Posted on: 02 Feb, 2019

काठमाडौं | चीनको एक अस्पतालमा रोचक घटना घटेको छ | चीनमा अंग्रेजी भाषा बोल्न नजान्ने एकजना नर्सले अस्पतालमा एक विदेशी विरामीका लागि यस्तो मेसेज लेखेर छाड्नि कि त्यो देख्दा विरामी झण्डै बेहोस् हुनपुग्यो ।


समाचार अनुसार चीनमा अध्ययनरत एकजना विदेशी विद्यार्थी विरामी परेपछि एउटा अस्पतालमा भर्ना हुन्छन् । अस्पतालमा उक्त विरामीको उपचार ड्युटीमा एकजना यस्ती नर्स खटिइन् जसलाई अंग्रेजी भाषा बोल्न आउँदैनथ्यो । तर विरामीलाई उसको रोग, औषधि तथा आगामी उपचार लागयतका विषयमा जानकारी दिनैपर्दथ्यो । त्यस्तो जानकारी दिनका लागि ती नर्सले यस्तो उपाय अपनाइन् जुन निकै अनौठो छ ।

उनले आफ्नो कलाको प्रयोग गरी उक्त विरामीलाई चित्रको माध्यमद्वारा एक सन्देश लेखिन् । उक्त चित्रात्मक सन्देशलाई उनले सोसल मिडियामा पनि शेयर गरिन् । उनको त्यो पोष्ट इन्टरनेटमा निकै भाइरल बनेको छ ।

नर्सको त्यो सन्देश हेर्दा उनले भन्न खोजेको कुरा प्रष्ट बुझिन्छ । भोलि बिहान ८ बजे विरामीको शल्यक्रिया गर्नुपर्नेछ । त्यसकारण आजको रात १० बजेपछि खाना नखानु र पानी नपिउनु भन्ने सन्देश त्यसमा रहेको छ ।

उनले त्यो सन्देशको चित्रात्मक प्रस्तूतीकरण यति रोचक ढंगले गरेकी छिन् कि मानिसहरु सोसल मिडियामा प्रतिक्रिया नदिइरहन सकेनन् । कतिपयले चाहीँ त्यसमा केही रोचक टिप्पणी पनि गरेका छन् । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!