‘पोलको लोग्ने’ खान पाइने अचम्मको रेष्टुरेन्ट !

Posted on: 04 Feb, 2019

काठमाडौं | भारतका एकजना उद्योगपतिले रेष्टुरेन्टको मेनुमा ‘रोस्टेड हस्बेन्ड’अर्थात् पोलेको लोग्ने खान पाइने खुलासा गरेका छन् । चर्चित भारतीय उद्योगपति आनन्द महिन्द्राले ट्वीटरमार्फत पोलेको लोग्ने खान पाइने रेष्टुरेन्टको मेनु नै सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा एउटा चाइनिज रेष्टुरेन्टको मेनु कार्डको तस्वीर शेयर गरेका छन् । मेनु कार्डमा अन्य परिकारका अतिरिक्त ‘डेलिसियस रोस्टेड हस्बेन्ड’ नामक परिकार पनि दिइएको छ ।

त्यस्तो अनौठो तथा खतरनाक परिकारसमेत देखेपछि ती उद्योगपति अचम्ममा नपर्ने कुरै भएन । उनले ट्वीटरमा लेखेका छन्, ‘यो रेष्टुरेन्टमा श्रीमतीसँग जानुअघि अवश्य पनि मैले दुईचोटि सोच्नेछु । किनकि पत्नीलाई कुनै द्विविधामा पार्न चाहन्नँ ।’

उनको त्यो ट्वीट तथा मेनु कार्ड सोसल मिडियामा भाइरल बनेको छ । आखिर त्यस्तो खानेकुरा के होला ? साच्चिकै कसैको लोग्नेको मासु नै तारेर पनि दिइन्छ कि ? त्यस्तो त नहुनुपर्ने । सायद चाइनिजबाट अंग्रेजीमा अनुवाद गर्दा पो त्यस्तो गल्ती भयो कि ? जे होस् । आनन्द महिन्द्राले ट्वीटरमा ह्वाट्सएप वन्डरबक्स नामक ह्यासट्यागमा यस्ता अनौठा चिजहरु शेयर गरिरहन्छन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!