जब जहाज उडाइरहेका पाइलटले आकाशमै ‘आइ एम बोर्ड’ लेखे !

Posted on: 02 Mar, 2019

फागुन १८, काठमाडौं | विमान उडाउने पाइलटको जागिर बाहिरबाट देख्दा जति ग्लामरस देखिन्छ, पाइलटहरु स्वयंका लागि भने निकै दिक्कलाग्दो हुँदो रहेछ । हालै एकजना अस्ट्रेलियाली पाइलटले यसको उदाहरण पेश गरेका छन् ।


परीक्षण उडानका क्रममा लगातार ३ घण्टासम्म आकाशमा रहनुपर्दा ती पाइलट यति ‘बोर’ भएछन् कि उनले आकाशमै रहेको बेला लेखे,‘मलाई निकै बोर लागिरहेको छ।’

समाचार अनुसार केही दिनअघि अस्ट्रेलियाको एडिलेटमा पाइलट तालीमका क्रममा परीक्षण उडान चलिरहेको छ । त्यसक्रममा डायमण्ड स्टार जहाज झण्डै ३ घण्टासम्म आकाशमा उडाउनु पर्दथ्यो । त्यो पनि समान उचाई र गतिका साथ । तर जहाज उडाइरहेका एकजना पाइलटलाई दुई घण्टापछि नै दिक्क लाग्न थाल्यो ।

त्यसपछि उनले जहाजभित्रै दक्षिण अस्ट्रेलियाको आमन क्षेत्रको दृश्यलाई बनाएर त्यसमा रोचक चित्र तयार पारे । अनि सोही क्यानभासमा लेखे, ‘आइ एम बोर्ड’ ।

आकाशमा दिक्क मान्ने ती पाइलटको नाम चाहीँ खुलाइएको छैन । तर उनी एकजना पाका उडान प्रशिक्षक थिए ।

उनले बनाएको त्यो चित्र सोसल मिडियामा भाइरल बन्यो । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!