युएई VS साउदी: कुन देश बढी राम्रो, कुन कति सस्तो ?

Posted on: 04 Mar, 2019

नेपाल सहित बिभिन्न देशबाट रोजगारीको शिलशिलामा साउदी तथा युएईमा लाखौ बिदेशीले काम गर्दै आएका छन् । नेपालकै पनि लाखौँ युवाहरु यी देशमा काम गर्दै आएका छन् । 

युएई र साउदी अरेविया खाडी मुलुक अन्तर्गत पर्दछ । यी दुवै देशबीचको अपसी मित्रताको सम्बन्ध रहँदै आएको छ । यदी दुवै देशको इतिहाँसलाई हेर्ने हो भने यी दुवै देश पछिल्लो समय आएर मात्र बिकसित भएको हो । पहिलेको स्थिति निकै भयावह रहेको बताइन्छ । 

साउदी अरव 


साउदी अरवको असली नाम 'किंगडम अफ साउदी अरेवीया' हो । यस देशको गठन १९३२ मा भएको थियो । यो देशमा कच्चा तेलको खोज ३ मार्च १९३८ मा भएको थियो ।  यो देशले संसारकै सबैभन्दा बढी कच्चा तेलको उत्पादन गर्छ । यो देशलाई संसारकै दोश्रो सबैभन्दा बढी तेल र छैटौं सबैभन्दा बढी ग्याँस उत्पादन गर्ने देशको रुपमा लिइन्छ । 

वर्ल्डमिटर्स डट इन्फोको अनुसार साउदीको जनशंख्या ३ करोड ३९ लाख ४८ हजार ६९७ रहेको छ । जुन विश्व जनशंख्याको ०.४४ प्रतिशत हो । जनशंख्याको आधारमा साउदी विश्वको ४१ औं स्थानमा रहेको छ । जनघनत्वको हिसावलाई हेर्ने हो भने साउदी अरेवियामा प्रति बर्ग-किलोमिटर जम्मा १६ जना बस्छन्  । साउदी अरवको क्षेत्रफल २१,४९,६९० बर्ग किलोमिटर रहेको छ । 


यदी GDP को कुरा गर्ने हो भने 2017 मा साउदी अरवको GDP ६८३.८३ बिलियन डलर रहेको थियो । जुन विश्वको GDP को १.१० प्रतिशत हो । यदी १९६८ को कुरा गर्ने हो भने यो देशको GDP जम्मा ४.१९ मात्र रहेको थियो । 

साउदीका नागरिकका प्रति व्यक्ति आय 31,000$ रहेको छ । 

युएई


युएई सात इमिरेट्स मिलेर बनेको देश हो । जसमा दुबई, आबुधावी, सारजहा, फुजारा, अजमान, रस अल खईमा र उम अल खईमा रहेका छन् । युएईको गठन १९७१ मा भएको थियो । युएईसँग सातौँ सबैभन्दा ठुलो तेल भण्डार र ग्याँस भण्डार रहेको छ । 

वर्ल्डमिटर्स डट इन्फोको अनुसार युएईको जनशंख्या ९६ लाख ३६ हजार १३८ रहेको छ । जुन विश्व जनशंख्याको ०.१३ प्रतिशत हो । जनशंख्याको आधारमा युएई ९२ औं स्थानमा रहेको छ । जनघनत्वको हिसावलाई हेर्ने हो भने युएईमा प्रति बर्ग-किलोमिटर ११६ जना बस्छन्  । साउदी अरवको क्षेत्रफल ८३,६०० बर्ग किलोमिटर रहेको छ ।


यदी GDP को कुरा गर्ने हो भने 2017 मा युएईको GDP ३८२.५८ बिलियन डलर रहेको थियो । जुन विश्वको GDP को ०.६२ प्रतिशत हो । यदी १९७३ को कुरा गर्ने हो भने यो देशको GDP जम्मा २.८५ रहेको थियो । 

युएईका नागरिकका प्रति व्यक्ति आय 40,000$ को आसपास रहेको छ । 

सस्तो/राम्रो कुन ? 

यदी बसाईको दृष्टिकोणले हेर्ने हो भने साउदी अरव युएईभन्दा सस्तो छ । खानाको कुरा गर्दा युएईभन्दा साउदीमा खाना खान ३४ प्रतिशत सस्तो पर्छ । यदी बस्नको लागि हेर्ने हो भने पनि साउदीनै सस्तो छ । बस्नको लागि युएईको तुलनामा साउदी ५० प्रतिशत सस्तो रहेको छ । त्यस्तै लगाईको कुरा गर्ने हो भने पनि युएई भन्दा साउदी अरव ३० प्रतिशत सस्तो रहेको छ । 

यदी यात्राको तुलना गर्ने हो भने साउदी भन्दा युएई ८ प्रतिशत सस्तो छ । त्यस्तै मानोरंजनको कुरा गर्ने हो भने साउदी अरव मानिसको लागि घुम्न तथा रमाइलो गर्न उपयुक्त नै छैन । त्यसको तुलनामा युएई घुम्ने र रमाइलो गर्नेहरुको लागि विश्वमै परिचित छ । त्यस्तै पर्यटकीय हिसावले कुरा गर्ने हो भने पनि साउदी युएईको तुलनामा निकै पछाडी रहेको छ । युएईले हरेक बर्ष आउने पर्यटकबाट मात्र ६४ बिलियन डलर बराबरको कमाउई गर्छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!