जब एक महिलाले ९ मिनेटभित्रै ६ बच्चा जन्माइन् !

Posted on: 19 Mar, 2019

काठमाडौं | अमेरिकामा हालै एकजना महिलाले एकै पटकमा ६ जना शिशु जन्माएकी छिन् । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा रहेको द वुमेन्स हस्पिटल अफ टेक्सासमा ती गर्भवती महिलाले ६ बच्चाको जन्म दिएकी हुन् ।

थेलमा चैका नामकी ती महिलाले गत मार्च १५ को बिहान ४ बजेर ५० मिनेटबाट बच्चा जन्माउन सुरू गरेको ९ मिनेटभित्रमा ६ वटा बच्चा जन्माइन् ।

उनले जन्माएका सन्तानमध्ये चारजना छोरा र दुईजना छोरी छन् । ती बच्चालाई हालसम्म अस्पतालमै राखिएको छ । बच्चाहरुको अवस्था स्थिर रहेको आमाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

बच्चाबच्चीको वजन ८ सय ग्रामदेखि ८ सय ५० ग्रामसम्म रहेको छ । थेलमाले आफ्ना ६ सन्तानमध्ये दुईजनाको नामाकरण पनि गरिसकेकी छन् ।

छोरीहरुको नाम उनले जीना र जुरियल राखेकी छिन् । चारजना छोराको नाम भने अझै जुराइसकेकी छैनिन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!