एक महिलाले जन्माइन् फरक फरक बावु भएका जुम्ल्याहा बच्चा !

Posted on: 03 Apr, 2019

काठमाडौं | दुनियामा कहिलेकाहीँ साँच्चीकै चमत्कार हुन्छ । चीनको जियामेनमा यस्तै भएको छ । त्यहाँ एकजना महिलाले फरक फरक बाउ भएका जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।

ती जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण गर्दा उनीहरुका पिता फरक-फरक पुरुष रहेको प्रमाणित भएको हो ।

डिएनए टेस्टका क्रममा जुम्ल्याहाको डिएनए फरक-फरक पाइयो । यसको अर्थ दुई बच्चाको पिता एउटै थिएनन् । त्यसपछि ती महिलासँग सोधनी भयो । अन्ततः उनले आफूले आफ्नो लोग्ने बाहेकको परपुरुषसँग पनि यौन सम्पर्क राखेको र सोही यौन सम्पर्कका क्रममा गर्भाधान भएको हुनसक्ने बताइन् ।

स्थानीय सरकारी अड्डामा बच्चाको जन्मदर्ता गराउँदा बाउआमाले आफ्नो बच्चा भएको प्रमाण स्वरुप डिएनए रिपोर्ट बुझाउनु पर्ने रहेछ । सोही मुताविक ती जुम्ल्याहाको पनि डिएनए परीक्षण गरिएको थियो । तर, जब जुम्ल्याहाको डिएनए रिपोर्ट फरक-फरक आयो, तब सबै झसँग परे ।

त्यसले ती महिलाको पोल मात्र खुलेन चिकित्सा जगतमा एउटा नयाँ चमत्कार पनि भेटियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार जुम्ल्याहा बच्चा जन्मिने बित्तिकै बच्चाका पिता शियाओलोंगले जुम्ल्याहा मध्ये एउटा बच्चाको अनुहार आफूसँग ठ्याक्कै नमिल्ने भन्दै गुनासो गरिरहेका थिए । जब डिएनए रिपोर्ट आयो तब उनको त्यो गुनासो सही ठहरियो ।

पहिलो पटकको डिएनए टेस्टमा पत्यार नलागेपछि उनले फुजियान झेंगताई न्यायिक प्रमाणीकरण केन्द्रमा गएर पुनः डिएनए टेस्ट गराए । आखिर नतिजा उहीँ निस्कियो । जसबाट प्रमाणित भयो कि जुम्ल्याहा मध्ये एउटा बच्चाको पिता उनी नभएर अर्को कुनै पुरुष रहेछ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!