एक युवतीको आँखाबाट चारवटा जिउँदो मौरी निस्किएपछि...

Posted on: 09 Apr, 2019

चैत २६, काठमाडौं | एक महिलाको आँखाबाट डाक्टरले चार वटा जिउँदो मौरी निकालेका छन् । यो घटना ताइवानमा घटेको हो, जसले डाक्टरलाई समेत चकित बनाइदिएको छ । डेली मेलको खबर अनुसार ताइवानका डाक्टरले एक युवतीको आँखाबाट चारवटा मौरी निकालेका हुन् । ती मौरीले युवतीको आँसु पिइरहेका थिए ।


२० वर्षे मिस हि नामकी युवती आफ्ना आफन्तसँग खेतमा गाँजाको बोट उखेलिरहेका बेला मौरी उनको आँखाभित्र पसेको थियो ।

त्यसपछि उनी ताइवानको दक्षिणी भेगमा रहेको फोयिन युनिभर्सिटी अस्पताल पुगिन् । परीक्षणको क्रममा ती चार मौरीले युवतीको आँसु पिइरहेको पत्ता लाग्यो जसका कारण उनको आँखा सुन्निएको थियो ।

हस्पिटलका आँखा विशेषज्ञ डा. हुङ्ग सी–तिङ्गले यो घटनालाई संसारकै पहिलो बताएका छन् ।


पीडित हिले भनिन्, ‘हामी एक आफन्तको चिहान सफा गरिरहेका थियौं । त्यसपछि हामीले गाँजाको बोट उखेल्यौं । अचानक हावा चल्न सुरु भयो जसका कारण मेरो आँखाभित्र केही पस्यो । मलाई लाग्यो बालुवा वा धुलो छिर्यो ।’

‘मैले आँखा धोएँ तर राती अत्यधिक दुख्यो । निकै तिखो पीडा महसुस भयो । मेरो आँसु लगातार बगिरहेको थियो,’ उनले भनिन् ।

भोलिपल्ट उनी अस्पताल गइन् । परीक्षणको क्रममा उनको आँखाभित्र किरा देखिए । सुरुमा कुन किरा भनेर ठम्याउन सकिएन ।

डा. हुङ्गले भने, ‘मैले आँखाभित्र किराको खुट्टाजस्तो देखेँ त्यसकारण मैले उनीहरुलाई एकएक गर्दै बिस्तारै झिकेँ, उनीहरुलाई क्षती नपुग्नेगरी । ’

‘मैले चारवटा मौरीलाई जीवित निकालेँ ।’

हिलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनी पूर्ण रुपमा स्वस्थ हुने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!