यस्तो ठाउँ जहाँ केटीले विवाहका लागि मोटाउनै पर्छ !

Posted on: 09 May, 2019

विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दरयुवतीको तस्विर अगाडि आउँछ । महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा महिला सुन्दर मानिन्छन् । विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ ।

अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ । यसले विवाह पछि सम्पन्नता ल्याउने विश्वास समेत गरिन्छ । त्यसैले यहाँका महिलालाई मोटाउन दवाव दिइन्छ ।

जव बालिका आठ, नौ वर्षका हुन्छन्, उनीहरुलाई विवाह योग्य बनाउन आवश्यक भन्दा धेरै खुवाउने गरिन्छ । यदि खान नमानेमा कुटेर भए पनि खुवाइन्छ । यहाँ महिला जति धेरै मोटी हुन्छन्, त्यति नै सुन्दर मानिन्छ । एघारौं शताब्दिेखि सुरु भएको यो मान्यता अहिले पनि कायम छ ।

र महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ । यो मान्यताले लोकप्रियता पाएको मार्टेनियामा विवाहका लागि पनि केवल मोटी केटीलाई नै मन पराईन्छ । यसक्रममा महिलालाई १६ हजार क्यालोरी खुवाइन्छ ।

(एजेन्सी)

यस बिषयमा तपाइको प्रतिक्रिया...!