आँधीबेहरीबाट दर्जनौँ बिचल्ली

Posted on: 07 Jun, 2019


जेठ२४,धनगढी (रासस)गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो ।

जिल्लामा मुक्त कमैया, गरीब र विपन्न सयौँ परिवारको घरको छाना उडाइ क्षति पु¥याएको अनुमान गरिएको छ । यद्यपि यसको एकीन विवरण अहिलेसम्म आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–१ का दिलबहादुर शाहीले घरको छाना उडाइ घरमा रहेको खाद्यान्न पानीले भिजाएर नष्ट भएपछि आफू बिचल्लीमा परेको गुनासो गर्नुभयो ।

आँधीबेहरीका कारण कैलालीको टीकापुरका लाहनु चौधरीको पोल्टी फर्म भत्किँदा च्यापिएर मृत्यु भएको छ । यस्तै गोदावरी नगरपालिमा आँधीका समयमा टिपरसँग मोटरसाइकल ठोक्किँदा से१प ५८५१ नं को मोटरसाइकल चालक वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

आँधीबेहरीका कारण ७६ जना घाइते भएकोमा ६६ जना सामान्य घाइते भएका छन् । घाइतेको सेती अञ्चल अस्पतलाका साथेै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

गम्भीर घाइते चार जनालाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ ।

क्षतिको पूर्ण र एकीन विवरण आउन अझै समय लाग्ने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको बैठकले आँधीबेहरीको कारण पीडित भएकाको लगत सङ्कलन गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

 लगत सङ्कलनका लागि वडा अध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ । धनगढी उपमहानगरपालिका कार्यालयमा आज बिहान बसेको बैठकमा आँधीका कारण पीडित बनेकालाई  खाद्यान्न वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!