दुई मृत भेटिए

Posted on: 08 Jun, 2019


जेठ २५ , चितवन |(रासस )देवघाटबाट हराइरहेका एक वृद्ध आज नारायणी नदीमा मृतावस्थामा फेला परेका छन् । देवघाट गाउँपालिका वडा नं ५  बस्ने ६७ वर्षीय पदमबहादुर सिञ्जाली मृत भेटिएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित  नदी किनारमा शरीर सडेको अवस्थामा सिञ्जालीको शव भेटिएको हो । उनी जेठ २२ गतेबाट हराइरहेका थिए ।

 यसैगरी भरतपुर महानगरपालिका–४ लङ्कुस्थित नहरको डिलमा एक जनाको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको नाम, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । उनी सोही क्षेत्रमा ज्यामीको काम गर्ने बताइएको भए पनि अन्य विवरण आउन नसकेको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!