खोलामा डुबेर युवकको मृत्यु

Posted on: 08 Jun, 2019


जेठ २५ ,  दैलेख| दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारका एक युवकको खोलामा डुबेर आज मृत्यु भएको छ । २१ वर्षीय भीमबहादुर नेपालीको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।  आफन्तको वार्षिक पुण्यतिथिमा पञ्चकोशी तीर्थस्थलमध्येको कोटिलामा गएका नेपालीको कोटिला मन्दिर नजिकैको छामघाट खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 पौडी खेल्न नजान्ने नेपाली शुरुमा छिपछिपे पानीमा पौडी खेलेको भए पनि पछि गहिरो स्थानमा पौडी खेल्न गएको र त्यही गहिरो खाँेचमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो । प्रहरीका अनुसार मृतक नेपालीको शव भेटिएको स्थानमा १४ फिट गहिरो पानी थियो । मृतकको शव परीक्षणका लागि दैलेख अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!