बुङ्गल नगरपालिका ९ देउलेकोट मा जीप दुर्घटना

Posted on: 12 Jun, 2019

 सुनिल कुँवर जेठ २९,काठमाडौँ | बझांगको बुङ्गल नगरपालिका वडा नं  ९ देउलिकोट निमिलीमा आज बिहान ९ बजेर ३० मिनेटमा बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट  तर्फ जादै गरेको से  १ ज ५९९  यात्रु बाहक जीप दुर्घटना हुदा दुई जना यात्रु सामान्य घाइते भएको प्रारम्भिक जानकारी आएको छ |( जानकारी आउन बाकी )

साघुरो बाटोको कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान

आज बिहान बुंगल नगरपालिका देउलेकोटमा भएको जीप दुर्घटनामा  चालक लक्ष्मण धामी गम्भीर घाईते भएका छन् भने अन्य तिन जना जीपका साहु कर्ण धामी  ,देउलीकोट स्वास्थ्य चौकीका सि. अहे व नरेस बोहरा र जीपका सहचालक हरिस धामी सामान्य  घाइते रहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी प्रमुख जनक धामीले जानकारी दिएका छन् | जीप सडकबाट लगभग  आठ मिटर जति तल खसेको र साघुरो कच्चीबाटोको कारण  घुम्तीमा मोड्दाखेरि खसेको हुनसक्ने प्रहरीको अनुमान छ | चालक ,साहु र देउलीकोट स्वास्थ्य चैकिका सी .अहे व लाइ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको छ | सहचालक भने सकुसल रहेको जानकारी उनले दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!