टिपरको ठक्करबाट पत्रकार गेलाङकाको मृत्यु

Posted on: 12 Jun, 2019

जेठ २९,सुर्खेत | टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको छ ।लेकवेशी नगरपालिका–७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक-सम्पादक हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहनुभएका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ । मोटरसाइकलमा सवार उहाँलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!