आफ्नै स्तनले सुन्दर तस्बिर बनाउछिन् यिनी यस्तो छ अचम्मको कला !

Posted on: 04 Sep, 2019

भदौ १८, एजेन्सी | बेलारुसकी चित्रकार नादिया म्याटिएभ्स्कायीया जसले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् |  यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् ।


खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् । नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् । 

अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पुरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।असाइनमेन्टको रुपमा दिइएको कामलाई नदियाले थप प्रयोग र अभ्यासमार्फत परिस्कृत बनाइन् । अहिले उनी स्तनलाई चित्र बनाउने ब्रसको रुपमा प्रयोग गर्दै सुन्दर तस्विर बनाइरहेकी छिन् ।  उनले यस अन्तर्गत बनेका चित्रलाई ‘मनै देखिका चित्रहरु’ नाम दिएकी छिन् । 

नदियाले आफ्ना सिर्जनालाई इन्स्टग्राममा पोष्ट पनि गर्छिन् । उनले आफ्नो चित्र समाजिक संजालमार्फत नै बिक्री भइरहेको जानकारी दिइन् | समाजिक संजालमा चित्रको मूल्य नतोएिका भए पनि नदियाले आफ्नो चित्रहरुले राम्रो मूल्य पाइरहेको दावी गरिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!