३८ वर्षीया महिला २० औँ पटक आमा बन्दै, डाक्टरसमेत हैरान

Posted on: 15 Sep, 2019

भदौ २९, एजेन्सी | भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् | महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।

उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि अहिले केवल ११ वटा छोराछोरी मात्रै जिवित छन् । उनको उमेर भने ३८ वर्षको छ | सरकारी अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणका क्रममा लंकाबाई र उनको पेटमा रहेको गर्भ स्वस्थ रहेको पाइएको छ ।

अनौठो त के भने उनी यसअघि १९ पटक गर्भवती हुँदा कहिल्यैपनि अस्पताल आएकी थिइनन् र घरमै बच्चा पाएकी थिइन् । उनले २० औँ गर्भमा पहिलोपटक अस्पताल टेकेकी हुन् । उनलाई यो पटक अस्पतालमै भर्ना गरेर सुत्केरी गराउने तयारी छ |

निकै गरीब परिवारकी लंकाबाईको परिवारका सदस्यहरु भिख माग्ने तथा मजदूर गर्ने काम गर्दछन् । उनीहरु एकठाउँमा नबसी फिरन्ते जीवन बिताइरहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!