लगातार एक हप्ता सम्म बलात्कार गरेर बेहोश अवस्थामा फालिदिए ३ किशोरीले यि युवकलाई

Posted on: 24 Sep, 2019

एजेन्सी | सुन्दा अचम्म लाग्न सक्छ | तर एउटा यस्तो घटना भएको छ जहाँ तिन जना युवतीले युवकलाई बलात्कार गरेका छन् | कुरा दक्षिण अफ्रिकाको हो, केहि महिना अघि एक २३ वर्षे एक जना युवकलाई तीनजना युवतीले  बलात्कार गरेकी छन् | 

डेली मेलका अनुसार बाटोमा हिँडिरहेका युवकले रोकेको ट्याक्सीमा पहिले नै तीनजना युवती बसिरहेका देखेका थिए | उनी चढेको केही समयपश्चात् ड्राइभरले रुट परिवर्तन गरे र उनलाई अगाडिको सिटमा बस्न बाध्य बनाए ।

डेली मेलले दिएको जानकारी अनुसार ती युवकलाई त्यसपछि सुई हालियो र उनी बेहोस भए । दक्षिण अफ्रिकाको पुलिस सर्भिस क्याप्टेन कोलेट वेल्ब्याचले भने, ‘त्यसपछि उनले आफूलाई अपरिचित ठाउँको एक कोठाको सिंगल बेडमा पाएको बताए ।’

‘त्यसपछि ती महिलाले उनलाई इनर्जी ड्रिङ्क पिउन बाध्य बनाएर दिनमा थुप्रै पटक पालैपालो बलात्कार गरे ।’ करिब १ सातापछि पीडितलाई अर्धनग्न अवस्थामा एक खेतमा फालिएको र उनले न्यायका लागी प्रहरीको अपिल गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!