तपाईंको दिशा पिसाबले बताउँछ, तपाईं धनी कि गरिब ?

Posted on: 05 Nov, 2019

कार्तिक १९, एजेन्सी | मानिसले आफ्नो समाजमा आफुलाई अब्बल देखाउनको निमित्त हरेक कामहरुमा फराक्तासा अपनाउने गर्दछन | यस्तो देखावटी रुपमा मात्र अब्बल नभई तपाइको दिसापिसाबबाटै तपाईंको आर्थिक सामाजिक स्तर पत्ता लगाउन सकिनेछ |

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको प्रयोगकशालामा वैज्ञानिकहरु अहिले यस्तै एउटा प्रयोगमा घोत्लिरहेका छन् | अष्ट्रेलियाको कूल जनसंख्याको २० प्रतिशत मानिसको मलमूत्रको नमूना त्यहाँ संकलन गरिएको छ | बिभिन्न ठाउँमा ढलहरुबाट मलमुत्र निकालेर विश्वबिद्यालयमा परिक्षण गरिरहेका छन् |

ती नूमनाहरुलाई अस्ट्रेलियाका विभिन्न समुदायका जनताको आहार, जिवनशैली तथा सेवन गर्ने औषधिको आनीबानीका बारेमा जानकारी प्राप्त गर्ने अचूकअस्त्र मानिएको छ | ती नमूनाहरु मध्ये सामाजिक आर्थिकरुपले सम्पन्न इलाकाहरुबाट संकलित दिसापिसाबको परीक्षणका क्रममा सम्पन्नशाली इलाका बस्ने मानिसहरुले पर्याप्त मात्रामा फाइबर, अमिला फलफूल तथा चिया कफी सेवन गर्ने गरेको देखिएको छ । शोधकर्ताका अनुसार धनी समुदायका मानिसहरुको आहारा बढी स्वस्थ हुने गरेको छ |

अनुसन्धानका अनुसार मानिसको मलमूत्रबाटै उसले गर्ने भोजन र अन्ततः उसको सामाजिक आर्थिक अवस्थाको बारेमा पत्ता लगाउन सकिन्छ । जस अनुसार धनी मानिसहरुको सहुदायमा खानामा फाइबरका साथै अमिला फलफूलहरुको खपत धेरै हुन्छ । उच्च आर्थिक सामाजिक हैसियत भएका समुदायमा चियाकफीको सेवन पनि उच्च हुने गरेको दिसाको परीक्षणबाट पत्ता लागेको छ |

दोश्रो अध्ययनका अनुसार स्नातक वा त्यो भन्दा माथिल्लो डिग्री हासिल गरेका मान्छेहरुले एस्प्रेसो वा ग्राउण्ड कफी बारम्बार सेवन गर्ने गर्दछन् । शोधकर्ताका अनुसार दिनहुँ कफी पिउँदा लाग्ने खर्च गर्ने क्षमताका साथै धनी अष्ट्रेलियालीहरुमा कफी पिउने संस्कृति दुबैको परिणाम हो यो |

त्यस्तै सामाजिक आर्थिक हिसाबले निम्न वर्गका मानिसहरुले दुखाई कम गर्ने औषधि ट्रामाडोल, उच्च रक्तचापको औषधि एटेनोल तथा प्रेगेबलिन जस्ता औषधिको खपत बढी गर्ने गरेको पाइएको छ । यी औषधिहरुको खपत बढी उमेरका तथा गरीब समुदायका मानिसमा बढी हुने गरेको छ ।

दिसापिसाब परीक्षणको यो नतिजाले असट्रेलियामा अहिले पनि आर्थिक सामाजिक असमानता रहेको देखाएको छ । यसअघि सन् २०१८ को एक अध्ययनले ओइसिडी देशहरुमध्ये अष्ट्रेलियामा धनी र गरीब बीचको खाडल बढी रहेको देखाएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!