५५ फिट लामो, एकपटक धुन मात्रै ६ बोतल स्याम्पु लाग्छ यी महिलाको कपाल !

Posted on: 07 Nov, 2019

एजेन्सी | लामो कपाल हुनु महिलाको लागी सुन्दरताको कुरा मानिन्छ तर मानिसलाई सुन्दा अचम्म लाग्न सक्छ ६ बोतल स्याम्पु लाग्ने यी महिलाक्को अतिनै लामो कपाल छ | एकपटक कपाल धुन ६ बोतल स्याम्पु लाग्ने र सुक्न दुई दिन लाग्ने यी महिलाको कपाल २० केजी छ | 


५५ फिट लम्बाई भएको यि महिलाले विश्व किर्तिमान कायम राखिसकेकी छन् | अमेरिकाको फ्लोरिडामा बस्ने आशा मंडेलाले कपाल अध्याधिक लामो र जकडिएकै कारण २५ वर्ष यता काइँयो प्रयोग समेत गरेकी छैनन्  | यहि कपालकै कारण वर्षेनी लाखौ डलर कमाउछिन |

उनलाई हेयर प्रोडक्टर अनि एसेसरिज कम्पनीले महंगो पैसामा आफ्नो विज्ञापनका लागि अनुबन्ध गर्दै आएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!