ज्यूँदै मान्छेहरुको समेत अन्त्येष्टि गरिन्छ जहाँ

Posted on: 11 Nov, 2019

कार्तिक २५, एजेन्सी | जीवनमा सबै मानिसलाई बाच्ने आशा त हुन्छ नै कुनै पनि मानिस सितैमा मर्न चाहदैन | शुख र बिलाशिताका साथ् धेरै बाच्ने भनेर मानिसहरु लागिपरेका हुन्छन | यो दुनियाँमा यस्तो ठाउँपनि छ, जहाँ मानिसहरु मृत्युको स्वाद चाख्न मर्न तयार हुन्छन |

दक्षिण कोरियामा मृत्युको स्वाद चाख्नका लागि मानिसहरुले आफु जिवित छँदै आफ्नो अन्त्येष्टि गरिरहेका छन् | जिवनलाई राम्रो ढंगबाट बुझ्ने तथा जिवन सुधार्नका लागि मानिसहरुले अपनाइरहेको त्यो तरिकालाई लिभिङ्ग फ्युनरल अर्थात् जिवित अन्त्येष्टि भनिन्छ |


लिभिङ्ग फ्युनरलका क्रममा दश मिनेटसम्म लास राख्ने बाकसमा कफन ओढेर सुत्नुपर्दछ | साथै त्यस क्रममा अन्त्येष्टिमा गरिने सबै वास्तविक विधि विधानहरु समेत पूरा गरिन्छ | दक्षिण कोरियामा गत वर्ष २५ हजार मानिसले यसरी जिवितै छँदै आफ्नो अन्त्येष्टि गरेका थिए |

आफ्नो ज्यूँदै अन्त्येष्टिका लागि मानिसहरु स्वेच्छाले आउँदछन् | विज्ञका अनुसार मानिसले कम उमरमै मृत्युको बारेमा जान्नु र भवितव्यका लागि तयार हुनु महत्वपूणृ हुन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!