८ जनाले डिनर खाएको बिल ७० लाख रुपैयाँ आएपछि..

Posted on: 26 Nov, 2019

मंसिर १०, एजेन्सी | चीनको सांघाईमा ८ जनाले डिनर खाएको बिल ७० लाख रुपैयाँको बिल आएको छ | उक्त  रेष्टुरेन्टमा ८ जनाले खाएको खाजाको बिल ४ लाख १८ हजार २४५ युआन आएको हो | जसले गर्दा हंगामा मच्चाएको छ |

विशेष रुपमा उक्त डिनर तयार पारेको थियो | जसमा दुबईबाट ८ जना  ग्राहक आएका थिए | डिनर तयार पार्नका लागि झण्डै २ हजार वर्ष पुरानो साल्ट प्लेटको प्रयोग गरिएको थियो | उक्त विलको भिडियो बनाएर सामाजिक संजालमा राखेको थियो जसले गर्दा हंगामा मच्चियो |

उक्त महँगो डिनरले चीनको कानूनलाई समेत उल्लंघन गरेको छ | डिनरका बिषयमा अनुसन्धान समेत भइरहेको छ | जसमा  २० वटा परिकारका लागि ७० लाखको बिल तयार गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!