जन्मँदै ‘गर्भवती’ भइन् बालिका,भ्रुण निकाल्न जन्मेको भोलिपल्टै शल्यक्रिया

Posted on: 28 Nov, 2019

मङ्सिर १२, एजेन्सी | मानिसलाई सुन्दा अचम्म लाग्न सक्छ | यस्तो अचम्मको घटना कमै सुनिन्छन् ,कोलम्बियामा बालिका जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ | उनकी आमा जब सात महिनाकी गर्भवती थिइन् तब उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको डाक्टरहरुले बताएका छन् |


डाक्टरले गत मार्चमा नै भेगाको शरीरभित्र दुईवटा नाल भएको पत्ता लगाएका थिए | डाक्टरका अनुसार  एउटा नालले उनी र छोरी इत्जमारालाई जोडेको थियो भने अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको थियो | उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने र यसले इत्जमाराको अंगमा क्षती पुर्याउने आशंका गर्दै इत्जमाराको शल्यक्रिया गर्न भेगाको तत्काल शल्यक्रिया गरिएको थियो | धड्कन र मस्तिष्क नभएको उक्त भ्रुण निकाल्न इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरिएको थियो |


उक्त अप्रेसन पछि इत्जमाराको स्वास्थ्यमा सुधार आएको छ | युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यो घटना पाँच लाख जन्ममा एकजनामा देखा पर्न सक्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!