आधा पाकेको सुँगुरको मासु खाएपछि एक व्यक्तिको शरीरभरी भेटिए ७ सय फित्ते जुका !

Posted on: 03 Dec, 2019

एजेन्सी | चिनमा एक व्यक्तिको शरीरमा ७ सय भन्दा बढी जुका भेटिएका छन् | ४६ वर्षका झु जोन्गफा नाम गरेका ति व्यक्तिको दिमागदेखि मृगौलासम्म पुगिसकेका थिए | स्थानीयका अनुसार उनी मजदुरी गर्थ्यो |उपचार गर्नेक्रममा अण्डा पेटसम्म पुगिसकेको छ भने  रगतमार्फत् शरीरभरी फैलिसकेको पत्ता लागेको छ |


सुँगुरको मासुमार्फत् उनको शरीरभित्र प्रवेश गरेको र यसले आफ्नो संख्या बढाइरहेको डाक्टरको भनाइ छ | यो भित्ते जुका टिनिया सोलियम संक्रमणबाट हुने रोग हो |  भित्ते जुकाको लार्भा राम्रोसँग नपाकेको सुँगुरको मासुमार्फत् शरीरभित्र पुग्छ |

ति व्यक्तिले एक महिनाअघि राम्रो सँग नपाकेको  सुँगुरको मासु खाएका थिए | अत्यधिक टाउको दुख्ने, अँध्यारो छाउने, अट्याक हुने, बिर्सनेलगायतका लक्षण देखा पर्छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!