फिनल्याण्ड पठाउने भन्दै नक्कली सिमा खडा गरेर रकम असुली

Posted on: 16 Dec, 2019

मंसिर ३०, एजेन्सी | सर्वसाधारण मानिसलाई ठगले ठगेको पनि पत्तो हुदैन | त्यस्तै रुसमा एकजना ठगलाई पक्राउ गरिएको छ, जसले फिनल्याण्ड छिर्ने सिमाना भन्दै रुसभित्रै नक्कली अन्तर्राष्ट्रिय सिमाना खडा गरेर आप्रवासीहरुलाई ठग्दै आएका थिए |

 नक्कली सिमाना खडा गरेर उनले मानिसलाई ठग्दै आएका हुन् | फिनल्याण्डसँगको सीमा क्षेत्रभन्दा झण्डै १५ किलोमिटर टाढा पर्ने रुसको व्यबोर्ग सहरकै छेउँमा रहेको जंगलमा उनले नक्कली बोर्डर पोष्ट बनाएका थिए | उक्त पोष्टबाट पार गरेसँगै फिनल्याण्ड पुगिने भन्दै उनले देशका आप्रवासीहरुबाट रकम असूली गर्दै आएका थिए |

नक्कली खडा गरेको सिमा  कटाउने भन्दै उनले चारजना दक्षिण एसियाली मूलका आप्रवासीहरुबाट झण्डै १३ लाख रुपैयाँ बराबरको रकम असूली गरेको पाइएको छ | रुसको सीमा सुरक्षा बलले ती युवक र उनले ठगी गरेका चारजना दक्षिण एसियाली मुलका युवाहरुलाई पक्राउ गरेसँगै घटना बाहिरिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!