जब १७ वर्षीया किशोरीले विमान चोरिन्ः उडाउन खोज्दा बारमा ठोक्किइन्, पक्राउ

Posted on: 27 Dec, 2019

पुष ११, एजेन्सी | अमेरिकाको क्यालिफोर्नियामा १७ बर्षीय एक किशोरीले लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरेर एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल भने हुन सकेन । 

ति किशोरीले बिमान उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा ठोक्किएको छ ।


यो घटना पुष २ गते फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलको हो । एयरपोर्टमा उपस्थित सुरक्षाकर्मीहरुका अनुसार युवतीले विमानको इन्जिन चलाइन् र नजिकै जंजिरले बनेको बारमा ठोक्किन पुगिन् । विमानस्थलभित्र प्रवेशका लागि किशोरीले सैन्य क्षेत्रबाट करिब ४ सय मिटर टाढा बनाइएको बारबाट घुसपैठ गरेको बताइन्छ ।

किशोरीलाई विमान चोरीको शंकामा पक्राउ गरिएको छ ।


घटनाका कारण कसैलाई पनि चोटपटक भने नलागेको पुलिसले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!