अस्पतालमा प्रेमीले भेट्न आउँछु भनेपछि बिरामी युवतीले यसरी गरिन ‘हेभी मेकअप’

Posted on: 03 Jan, 2020

पुस १८, एजेन्सी | भियतनामकी एक युवतीले अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् | संचारमाध्यममा जनाइए अनुसार आफ्ना प्रेमीले भेट्न आउने भनेपछि खुसि हुँदै सामाजिक संजालमा लेखिन, 'मेरा प्रेमी मलाई भेट्न आउँदैछन्' |


प्रेमीले आफुलाई कमजोर नदेखोस भनेर उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् | रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना गरे | 


उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले बताएका छन् | उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका बताए | कतिले उनका प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!