अष्ट्रेलियाको आगलागी:हेलिकप्टरबाट १० हजार उँटलाई गोली हानेर मारिदै

Posted on: 10 Jan, 2020

पुस २५, एजेन्सी | अष्ट्रलियामा विनासकारी आगोका कारण लाखौ जनावर बिस्थापित भइसकेका छन | पानि र खान नपाएर कारुणिक बनेका जीवजन्तुका तस्बिर सामाजिक संजालमा भाइरल भइरहेका छन् | केहि जीव त लोप हुने अवस्थामा समेत पुगेका छन् |

यस्तो अवस्थामा अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ | सुख्खाग्रस्त क्षेत्रमा पानी बचाउनका लागि दक्षिणी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हान्न लागिएको हो |  उँट मार्ने अभियान बुधबारबाट सुरु भएको छ | पेशेवर सार्पसुटरहरुले हेलिकप्टरबाट उँटमाथि गोली हानेका छन् |

 जंगली उँट पानीको खोजीमा गाउँमा पस्ने गरेकाकारण उँटहरुको हत्या गर्न लागिएको हो | पाँच दिन भित्रमा १० हजार उँट  मार्न आदेश दिइएको छ | जलवायु परिवर्तनमा पशुहरुले पनि योगदान पुर्याउने वैज्ञानिकहरुको भनाइ छ |

 एउटा उँटले वर्षदिनमा एक टन कार्वनडाइअक्साइड बराबरको मिथेन उत्सर्जन गर्ने गर्दछ | एक लाख जंगली उँटले ४ लाख कारले भन्दा धेरै वार्षिक हरितगृह ग्यास उत्सजर्न गर्दछन् | वन्यजन्तुविदहरुले  भने जनावरलाई  मार्न नहुने बताउंदै आएका छन् |

अष्ट्रलियामा उँटको बढ्दो संख्याको समस्याको रोकथाम गर्न नसके जंगली उँटको संख्या हरेक नौ वर्षमा दोब्बर हुने अष्ट्रलियाको राष्ट्रिय जंगली उँट व्यवस्थापन योजनाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!