छोराको विवाह गर्न गएका बाबु सम्धीनी लिएर भागेपछि..

Posted on: 24 Jan, 2020

माघ १०, ऐजेन्सी | सुन्दा सबैलाई अचम्म लाग्छ | तर एउटा यस्तो यस्तो घटना भएको छ | जहाँ छोराको विवाह गर्न गएका बुबा आफैले बिहे गरेका छन् | घटना यो भारतको गुजरातमा भएको हो | सबैलाई यो कुराले अचम्मित बनाएको छ | 


लागि श्रीमती खोज्न गएका बुबा आफैलाई श्रीमतीलिएर भागेका छन् | विवाह गर्नका लागि  केटा पक्ष र केटी पक्ष दुबैको मन्जुरी भएपनि  दुलाहाका बुबा र दुलहीकी आमा बेपत्ता भएपछि विवाह नै स्थगित भएको छ |

बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता रहेकी छिन् | उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए | बुबा सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् |

दुवै जना बेपत्ता भएपछि परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ | घटना सार्वजनक भएपछि एक छिमेकीले उनीहरुको बाल्यकाल देखिनै राम्रो सम्बन्ध रहेको बताएका छन् | सानै देखिको प्रेम र विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!