श्रीमानसँग प्रेम गरेको भन्दै श्रीमतीले युवतीको यौनाङ्गमा खुर्सानी लगाइदिइन् !

Posted on: 03 Feb, 2020

माघ २०, एजेन्सी | भारतको अहमदाबादमा एक श्रीमतीले आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै  ती युवतीमको यौनाङ्गमा खुर्सानी लगाएकी छिन् | आफ्ना श्रीमानसँग प्रेम गरेको भन्दै ती महिलाले थप २ महिलाको सहयोगमा  २२ वर्षीया युवतीको यौनाङ्गमा खुर्सानीको पाउडर दलेको भारतीय संचारमाध्यहरुले जनाएको छ |

ती युवतीले आफू अहमदाबादको नारानपुरा क्षेत्रमा रहेको एउटा कपडा पसलमा काम गर्ने गरेको र गिरीश गोस्वामी नामक व्यक्तिसँग प्रेम सम्बन्ध रहेको बताएकी छिन् | ती युवती उजुरी लिएर प्रहरीकहाँ पुगेकी छन् | युवती र पुरुषबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहदै आएको बताएका छन् |

युवतीका अनुसार गिरीश गोस्वामीले दुई महिना अघि उनलाई भेट्न बोलाएका थिए। तर, यो खबर ती पुरुषकी पत्नीले समेत थाहा पाएपछि आफ्ना श्रीमानकी प्रेमिकामाथि रिस पोख्न साथीहरुसँग मिलेर अपहरण समेत गरिन् | एक सुनसान कोठामा लगेर आफ्ना सबै लुगा खोलेको र  यौनाङ्गमा खुर्सानीको पाडर  भरेको ती युवतीले प्रहरी समक्ष बताएकी छन् |

अहमदाबादका प्रहरी निरीक्षक जेए राठवाका अनुसार युवतीको उजुरीमाथि छानबिन भइरहेको छ | ती पुरुषकी श्रीमतिसहित ३ महिलालाई नियन्त्रणमा लिइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!