श्रीमती प्रेमीसँग भागेपछि श्रीमानले गरे पुत्ला बनाएर अन्तिम संस्कार

Posted on: 05 Feb, 2020

माघ २२, एजेन्सी | श्रीमति आफ्नो प्रेमीसँग भागेपछि श्रीमानले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका छन | उनका  छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाएका छन् |

भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्रमा राजिव कुमारले आफ्नी श्रीमतीको धोकाबाट रुष्ट भएर उनलाई सामाजिक बहिष्कारको सन्देश नयाँ तरिकाले दिएका छन् | राजिवले अब आफ्ना लागि श्रीमतीको मृत्यु भइसकेको बताएका छन् |

मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन उनले भने,अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन | ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेर उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!