श्रीमान‍्ले भने कम खर्च गर भनेपछि यी मोडलले गरिन डिभोर्स

Posted on: 05 Feb, 2020

माघ २२, एजेन्सी | श्रीमान‍्ले कम खर्च गर भनेपछि जापानी मोडलले विवाहको एक हप्ताभित्रै डिभोर्स गरेकी छिन् | २९ वर्षे  तियुवातिलाई विलासी जीवनशैली मनपर्छ | उनी असाध्यै महँगो फेसन ब्रान्डकी पारखी  हुन् | तर उनको खर्च गर्ने बानिले श्रीमानको व्यवसायनै धरापमा परेपछि उनका श्रीमानले कम खर्च गर्न भनेका थिए |

ति नायिकाले  विवाह हुनु साढे तीन महिना अघि ती व्यावसायीको ९.१ मिलियन डलर (करिब १ अर्ब रुपैयाँ बढी) खर्च गरिसकेकी थिइन् |  यति हुँदा हुँदै पनि उनले सारीसँग विवाह गरे तर विवाहको पहिलो हप्तामा उनले श्रीमतीलाई आफ्नो व्यावसाय खासै राम्रो नभएकोले खर्च कम गर्न भने |

श्रीमानको यस्तो कुरा उनलाई चित्त नबुझेपछि सम्बन्धविच्छेद गरिन | ती मोडलले श्रीमानले खर्च कम गर्न भनेपछि विवाहको पहिलो हप्तामा नै सम्बन्धविच्छेदको निवेदन दिएको जानकारी गराइन | उनले भनिन्, ‘उनीसँग विवाह भएको के अर्थ भयो र ? श्रीमतीको खर्च गर्ने बानी थेग्न नसक्ने गरिब व्यक्तिमाथि मेरो कुनै रुची छैन,|’

 उनका अनुसार महिलाले गर्भावस्था, बच्चा जन्माउने, हुर्काउनेलगायतका जैविक प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ जबकी पुरुषले आफ्नो परिवार र बालबच्चाका लागि पर्याप्त पैसा जुटाउनुपर्छ | उनले गरेको उक्त काम देखर सबैले प्रतिक्रिया दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!